हाम्रो सहरको को लागि हाम्रो साझा सपना (नेपालीमा)

Our Shared Dream For Our City (NEWARI)

Our Shared Dream For Our City (ENGLISH)

घोषणा पत्र छोटकरीमा (नेपालीमा )

MANIFESTO IN SHORT [ENGLISH]

घोषणा पत्र अझ बिस्तारमा (नेपालीमा )

MANIFESTO IN DETAILS [ENGLISH]

रन्जु दर्शनाको बारेमा

आफ्नो जिन्दगीभर हत्याहिंसा र तोडफोडको राजनीति मात्र देखेर हुर्केकी २१ वर्षीया रन्जु दर्शनालाई अर्कालाई दु:ख नदिइकन पनि राजनीतिको मूलमा रहेको फोहोरलाई सफा गर्न देश बनाउने विवेकशील नेपाली दलको अभियानले आकर्षित गर्यो, ३ वर्ष अगाडि । दोस्रो संविधानसभाको निर्वाचनको दौरानमा विवेकशील नेपाली दलको बन्द विरोधी अभियानमा संलग्नता नै रन्जुको पहिलो परिचय थियो विवेकशील नेपालीसँग, अनि पहिलो सहभागिता थियो दलको कार्यक्रममा ।

हाल विवेकशील नेपाली दलकी मिडिया विभाग प्रमुख तथा केन्द्रीय सदस्य रन्जु दर्शना उक्त कार्यक्रममा सहभागी भएपछि विवेकशील नेपालीको समाज सेवा क्लबमा आवद्ध भई विभिन्न सामाजिक कार्यक्रमको नेतृत्व गर्नुभएको थियो । २०७२ को विनाशकारी भूकम्पपछिको राहत तथा उद्धारमा मन, वचन र कर्मले सहभागी भइन्, घाइते र प्रभावितहरुको घाउमा मल्हम लगाइन् । २०७२ मंसिरसम्म आठ महिना विवेकशील नेपाली दलको काठमाडौँ जिल्ला कार्यसमितिमा कार्यपालिका प्रमुखको रुपमा पनि सक्रिय रहनुभएको थियो ।

रन्जु विवेकशील नेपाली दलको २०७२ मंसिरमा भएको प्रथम महाधिवेशन केन्द्रीय सदस्य चुनिनु भएको थियो । सरकारले भूकम्प पुनर्निर्माणको गरिरहेको ढीलासुस्तीले वाक्क भएर त्यसमा चाँडो काम होस् भनी घच्घच्याउन उनले विवेकशील नेपाली दलले आयोजना गरेको एक महिना लामो जनचेतना तथा दबाबमूलक अभियानमा सक्रिय सहभागी हुनुभएको थियो ।

डा गोविन्द केसीसँगको सहकार्यमा देशको चिकित्सा शिक्षा तथा राजनीतिमा रहेको लुटतन्त्रलाई हटाउन उनले विवेकशीलको तर्फबाट नेतृत्वदायी भूमिका लिनुभएको थियो ।

२०५२ सालमा काठमाडौँमा जन्मिएकी रन्जु यहीँ नै हुर्कनुभयो, बढ्नुभयो, पढ्नुभयो । जन्मेदेखि नै आमाको छत्रछायाँमा मात्रै हुर्कनु भएकी उहाँलाई हजूरआमाको साथले सधैं प्रेरणा दियो, अगाडि बढ्न बल दियो । आफ्नै जीवनकालमा समृद्ध नेपाल बनाउने अठोट लिनुभएकी रन्जु हाल विकास अध्ययनमा स्नातक तहमा अध्ययनरत हुनुहुन्छ ।

रन्जु को सार्वजनिक भेटघाट कार्यक्रम 

के तपाइँ काठमाडौँलाई विश्वकै सबै भन्दा सुन्दर सहरमा परिणत भएको हेर्न चाहनुहुन्छ?

यो सबै सहि व्यक्ति सहि ठाउँमा रहुन भनेर नै हो, र यसको सुरुवात रन्जु दर्शनालाई मेयरमा निर्वाचित गरेर हुन्छ

~

CONNECT WITH US

Start typing and press Enter to search