हाम्रो बारेमा

Read here in English

संस्करण १.१

centrist-BN-nepali

हाम्रो बारेमाहाम्रा कार्यहरूहाम्रो साङ्गठनिक संरचनाकसरी मद्दत गर्न सक्नुहुन्छ तपाईँलेभिडियो परिचय

तपाईँ को हुनुहुन्छ ?

हामी ऊर्जाशील, सकारात्मक, प्रतिबद्ध र विवेकशील नेपालीहरूको नयाँ राजनीतिक दल हौँ । नेपाललाई शान्त र संवृद्ध बनाउन आवश्यक स्पष्ट मार्गदिशा र तागत हामी संग छ । हामी वर्तमान अक्षम राजनीतिक शक्तिहरूको दासत्व शिकार हुँदै आएका छौं । यो दासत्त्वको विरुद्ध हामी सकृय रूपले लाग्नेछौं । थप जानकारीका लागि हाम्रो मार्गदृष्टि पत्र हेर्नुहोस् –

तपाँई के गर्दै हुनुहुन्छ ?

हामीले एउटा यस्तो राजनीतिक दल बनाउँदैछौ जसले अहिलेका अनैतिक र गैर जिम्मेवार राजनीतिक शक्तिहरूको दासत्त्वबाट आम नेपालीहरूलाई स्वतन्त्र तुल्याउँन र उनीहरुलाई समृद्ध नेपाल बनाउन प्रेरित गर्नेछ । हामी अहिले यस दलका लागि आवश्यक साङ्गठनिक पूर्वाधारको विकासमा केन्द्रित छौँ ।

यो किन गर्दै हुनुहुन्छ ?

अहिले नगरे कहिले ? हामीले नगरे कसले ? हामीलाई सधैँ भरि पीडित भई बस्न मन छैन । अब हामी चुप बस्न सक्दैनौं । त्यसैले हामी नै यो समस्याको हल गर्न अगाडि बढेका छौं । रुख रोप्ने सबैभन्दा ठीक बेला २० वर्ष अघि थियो। त्यस पछिको ठीक बेला भनेको अहिले हो। अब पनि सहेर बस्यौँ भने त हामी जिउंदै मरेतुल्य हुन्छौँ त्यसैले यो जिवन सफल बनाउनु छ भने आजैबाट यो देशको संमृद्धिको लागि पसिना चुहाउनु र विवेक चलाउनु पर्छ – नत्र ढिलो हुन्छ।

कसरी गर्दै हुनुहुन्छ त ?

हामीले ३ तहमा परिवर्तन ल्याउनेछौं –
पहिलो – व्यक्तिगत तह: हामी राष्ट्र र व्यक्तिको सफलताको लागि हरेक नागरिकमा जिम्मेवारीबोध र असल आचरण आवश्यक छ भन्ने सूचना प्रवाह गर्ने छौँ र उनीहरु लाई राष्ट्र निर्माणको वृहत् प्रक्रियामा समेट्ने छौँ ।
दोस्रो – सामाजिक तह: हामी सामाजिक सद्भाव, एकता, शान्ति र सहकार्यबाट मात्र दिगो विकास सम्भव छ भन्ने सूचना प्रवाह गर्ने छौँ र समाजलाई त्यस उन्मुख हुन प्रेरित गर्ने छौँ ।
तेस्रो – सरकारी तह : एउटा जिम्मेवार, नैतिक र उदाहरणीय राजनीतिक शक्तिको रूपमा प्रस्तुत भई परम्परागत व्यक्तिवादी कुशासनलाई योग्यतामुखी सुशासनमा रूपान्तरण गर्नेछौं।

के तपाईंहरूको यो राजनीतिक दल हो?

हो हामी हाम्रै कालमा आर्थिक र सामाजिक क्रान्तिको लागि राजनीतिक दल नै हौँ ।

तपाईँ आफ्ना प्रतिद्वन्दीहरु भन्दा भिन्न कसरी हुनुहुन्छ त ?

बोलेर होइन, गरेर देखाउँछौँ हामी। नेपालमा बोल्ने, लेख्‍ने धेरै भए, अब गर्नेको पालो आएको छ।

यसका संस्थापकहरू को-को हुन् र तिनको पृष्ठभूमि कस्तो छ ?

यसका संस्थापकहरू आ-आफ्ना क्षेत्रमा दक्ष विवेकशील नेपालीहरू हुन् । कोही उद्दमी हुन् भने कोही सामाजिक र राजनीतिक अभियानकर्ता । कोही विद्यार्थी त कोही डाक्टर – ईन्जिनियर, कोही किसान त कोही मजदुर साथीहरू । यसको नेतृत्व तपाईँको लागि पनि खुल्ला छ। हाम्रो दलको निर्माणाधीन नेतृत्वलाई हामी चाँडै नै सार्वजनिक गर्नेछौं ।

यो दलको नेतृत्व क-कसले गर्नेछन् ?

यो दल भित्र ३ धारले नेतृत्व गर्नेछ – न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका। यी तिनै एक आपससँग मिलेर यो दल चलाउने छन्। साथ-साथै एकले अर्कोलाई खबरदारी गर्नेछन्। नेतृत्वको नियमित निर्वाचन र फेरबदल भै राख्नेछ।

सक्नुहुन्छ त यो सिस्टम परिवर्तन गर्न ?

अहिले नगरे कहिले गर्ने त ? तपाईँ, हामीले नै नआँटे कसले गर्छ? हामी अवश्य सक्छौँ । जिम्मेवार नागरिक र जवाफदेही नेतृत्व मिलेर नै बनाउँछ शान्त समृद्ध नेपाल भन्ने कुरो हामीले गरेर देखाउँछौँ ।

के नेपालीले तपाईँलाई विश्वास गर्छन् त ?

विश्वास भनेको जित्ने हो, किनेर पाईँदैन। हामी गरेरै देखाउन कस्सिएका छौँ । हाम्रो कामले नै हामीलाई चिनाउँछ। हाम्रो काम हेरेर विश्लेषण गर्नुहोला। आउनुहोस् तपाई पनि, सँगै मिलेर विश्वास जितौँ !


हामीले अहिले सम्म के गरेका छौँ ?

यस दलका नेतृत्वले विभिन्न सामाजिक, आर्थिक र राजनितिक अभियानहरु चलाएका छन्। यस मध्य केही तल लेखिएका छन्।
“नेपाल खुल्ला छ” भन्ने बन्द विरुद्ध नागरिक अभियान चलाएका थियौँ।
“ ज्याला पुरा लियौँ , अब संविधान देऊ” भन्दै अर्को दवाबमूलक अभियान चलाएका थियौँ ।
“परिवर्तनको लागि हामी नेपाली एक” जस्तो नेपालीलाई एक बनाउने अभियानमा अहम् भूमिका खेलेका थियौँ।
कालमोचन जस्तो मन्दिरको जिर्णोद्वार गरेका थियौँ, बागमती बचाउने अभियानमा लागेका थियौँ ।
“भ्रष्टाचारीलाई किरा परोस्” अभियानमा संलग्न भएका थियौँ ।
नेपालीहरुलाई रोजगारको अवसर बढाउनको लागि उद्दमशील कार्यमा लाग्न नेपालीहरुलाई धकेल्ने कामहरुमा लागेका छौँ।
देशमा उद्दमीहरु बढाउने काममा लागेका छौँ ।

तपाईँको अबको भावी अभियानको बारेमा केही बताइदिनुहुन्छ ?

विस्तृत जानकारीको लागि हाम्रो वेबसाईट www.leadnepal.com हेरि रहनु होला।

तपाईँहरूले के यस्तो जटिल स्थितिबाट उन्मुक्ति पाउन सक्नुहुनेछ ?

हामी राजनीतिमा परिवर्तनको लहर लिएर आउँछौ। संकटलाई अवसरको रूपमा लिएर अगाडि बढ्नेछौँ ।


हाम्रो साङ्गठनिक संरचना

यस राजनीतिक दलको संरचना कस्तो हुन्छ त ?

हाम्रा ३ संरचना – न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका – सँगसँगै काम गर्छन् तर एक अर्का बाट स्वतन्त्र पनि रहन्छन् । हाम्रा संरचनाहरू जवाफदेही र पारदर्शिताका सिद्धान्तमा आधारित हुनेछन्। छिटो र प्रभावकारी ढंगबाट आन्दोलन गर्न, अभियान सञ्चालन गर्न हाम्रो कार्यकर्ताहरू लाई स्वायत्त बनाउछौँ ।

अरु राजनीतिक पार्टी र शक्तिहरूले कसरी प्रतिवाद गर्छन् त ?

पहिले त उनीहरूले हाम्रो वास्ता गर्दैनन्। अनि हामी देखि हाँस्न थाल्छन् । त्यस पछि हामी सँग प्रतिवाद गर्न जाई लाग्छन् । नसके पछि आप्नो अन्त्यको दिन गन्ती गर्न थाल्छन्। अन्तत हाम्रो जित हुन्छ।

यस राजनीतिक दलको पछाडि को लाग्छन् त ? कुनै समूहलाई लक्षित गर्नु भएको छ ?

कुनै पनि नेपाली जसले आफ्नो विवेक चलाँउछ, उ यसको सदस्य हुनेछ र हामीलाई सहयोग गर्नेछ, नेपालमा सकरात्मक परिवर्तन ल्याउन। हामी कुनै जात, समूह वा वर्गलाई लक्षित गर्ने छैनौं। हामी हाम्रो काम, विवेक र संस्था समावेशी ढंगबाटै चलाउनेछौँ।

तपाईँले कताबाट सदस्य तथा सहयोगीहरू भेट्टाउनुहुन्छ त ?

समाज र देशलाई गुण लगाउन चाहने जो कोही पनि युवा ऊर्जा बोकेका बुज्रुक, ज्ञानी यस दलको मुटु हुनेछन् ।

कसले मद्दत गर्छन् त यो दल चलाउनको लागि ?

तपाई जस्तै यो देश र यसका नागरिकको भलो चिताउने असल मानिसहरुको भौतिक एव आर्थिक सहयोगबाट यो संस्था चल्नेछ। हाम्रो सम्पूर्ण हिसाब किताब तथा खर्चहरू इन्टरनेट मार्फत् खुला रूपमा राख्नेछौँ ।

कसरी भिन्न हुनुहुन्छ त अरु भन्दा ?

  • पहिले त हाम्रो काम गराइ नै फरक छ । अरु बोल्छन् मात्र, हामी गर्छौँ । अरु बेइमान छन्, हामी इमान्दार छौँ । अरु बेढंगी छन् तर हाम्रो ढंग छ । अरु फुटन उक्साउँछन्, हामी जुटन प्रेरित गर्छौँ । अरु विध्वंस चाहन्छन्, हामी विकास चाहन्छौँ ।
  • यो दल यस्तो ढाँचामा बनाइएको हुन्छ कि सबैभन्दा सक्षम नेतृत्व नै सबैभन्दा माथि पुग्छन् ( र क्रमबद्ध रूपमा नेतृत्व फेरिनै रहनेछन्)
  • हरेक तहमा यो दलमा चेक एन्ड ब्यालेन्स हुन्छ जसले नैतिकवान् र सक्षम नेतालाई बढी जिम्मेवारी र अवसर प्रदान गर्नेछ।
  • उच्च तहका नेतृत्वले यस राजनीतिक दलाई आफ्ना सदस्यहरूलाई राजनीतिक नेतृत्व सिकाउने दलको रूपमा चलाउनेछन् ।
  • यस दल भित्रको संरचना यसरी बनाइएको हुन्छ कि जसले नेतृत्वको फेरबदल चुस्त र नियमित रूपमा गरि रहन्छ।
  • खुला र पारदर्शी तरिकाले संगठन चलाउँनेछौँ ।
  • झुटा तथा अनियमित हुन्नौँ, कानुनलाई मान्नेछौँ ।
  • बोल्न र गर्नमा एकरूपता हुनेछ ।
  • सकारात्मक सामाजिक काम नै हाम्रो हरेक राजनीतिक प्रक्रियाको जड हुनेछ।
  • सदस्यको मूल्यांकन उसको योग्यताको हिसाबबाट हुनेछ, उसको बफादारी बाट मात्र होइन ।
  • भित्री भ्रष्टाचार छानबिन समिति हुनेछ जसले स्वतन्त्र रूपमा काम गर्ने छ र कुनै पनि सदस्यलाई बर्खास्त समेत गर्न सक्नेछ।
  • एउटा विशुद्ध नेतृत्व अवकाशको रणनीति हुनेछ ।
  • सत्य तथा पुनर्मिलन समूहहरू हुनेछन् जसले विभिन्न समुदाय र पीडितहरू बीच संवाद शुरु गर्नेछ ।
  • हाम्रो नेतृत्व चयनको मन्त्र, “आफ्नो मान्छे होइन, राम्रो मान्छे” हुनेछ ।
  • हामी संसार भरि भएका विभिन्न आर्थिक, सामाजिक, र राजनीतिक सफलतालाई अँगाल्न सधैँ तत्पर हुनेछौँ ।

तपाईँ काठमाडौँ मुखी हो ?

होइन हामी दुनियामुखी हौँ । यो दल शुरु गर्नुको अर्थ नै नेपाल र नेपालीहरू जता-ततै फस्टाऊन् चाहे त्यो नेपालको कुना-काप्चामा होस् वा संसार भरि । हामी हाम्रो दलभित्र पनि विकेन्द्रीकरणको अभ्यास गर्नेर्छौँ । हामी जे आव्हान गर्छौँ त्यो पहिले आफै अँगाल्छौँ ।

के तपाईँ जस्तालाई पनि सदस्य दिनु हुन्छ ?

यदि यस देशको वर्तमान र भविस्य प्रति चिन्तित हुनुहुन्छ र परिवर्तनका लागि केही गर्न चाहनु हुन्छ भने आउनुस् यस दलमा तपाईंलाई स्वागत छ । हाम्रो एकाग्रता जहिले पनि यस्तो नैतिक नेतृत्वमै हुनेछ जसले आफै उदाहरण र नैतिक इमान्दारी अनि नियमित फेरबदललमा केन्द्रित हुनेछ।

के तपाईँ पनि बाहुन- क्षेत्रीमुखी हो कि ?

हामी कुनै जात वा वर्गको पेवा होइनौँ । हामी नेपाली हौ र हामी शैक्षिक योग्यता मात्र नभई सबै खाले राम्रा योग्यता र गुणको पारखी हौँ । यो संगठन त्यही आधारमा चल्छ र एक राम्रो उदाहरण प्रस्तुत गर्छ ।


४. कसरी मद्दत गर्न सक्नुहुन्छ तपाईँले ?

सक्नुहुन्छ भने कृपया महिनामा १ दिन हामीलाई मद्दत गर्न आउनुहोस् वा/र महिनामा १ दिनको तलबले हाम्रो कामलाई मद्दत गर्नुहोस् , हामी तपाईँ प्रति आभारी हुनेछौँ ।
आफ्नो योगदान दिनुहोस्, बोलेर मात्र होइन, गरेर पनि है अब ।

यदि इन्टरनेट चलाउनुहुन्छ भने यहाँ जानुहोस् यो शुरुवात गर्न। www.leadnepal.com
यदि पत्र लेख्‍नुहुन्छ भने पोस्ट बक्स १४४७८ , महाराजगँज, चक्रपथ, काठमाडौँ , नेपालमा पठाउनुहोला।
ईमेल चाहिँ यहाँ : help@leadnepal.com
फोन: 9851149214 ९८५११४९२१४

हात्ती आयो हात्ती आयो फुस्सा त हुने होइन ?

नेपालमा धेरै बोल्ने, लेख्ने, पढ्नेहरु भए, अब गर्नेको दिन आयो। हामीले गरेरै देखाउने हो।
एकै दिनमा त देश बन्दैन तर अहिलेको भन्दा राम्रो नेपाल बनाएरै छौडछौँ हामीले ।


 भिडियो परिचय

१. विवेकशील नेपाली नै किन ?

-गोविन्द नारायण

२. विवेकशील नेपालीको सिद्धान्त के हो ?

-गोविन्द नारायण