“हामी सक्छौँ” अभियान काठमाडौँमा – पत्रिका: Le Monde (ल मोन्द)

पत्रिका: Le Monde (ल मोन्द)

पत्रिका प्रकाशन हुने देश देश : फ्रान्स

प्रकाशन मिति: २०७२ चैत्र २२ (अप्रिल ४, २०१६)

जुलियाँ बुइसु, संवाददाता, नयाँ दिल्ली

अनुवाद: शशि विक्रम कार्की

(यो प्रकाशन लेखकको मर्यादा राख्दै शाब्दिक रुपमा हुबहु भन्दा पनि लेखको भाव अनुरुप अनुवाद गरेको छु। मेरो व्यक्तिगत क्षमताले भ्याएसम्म अनुवादको क्रममा हुनसक्ने त्रुटिहरु हटाउने प्रयास गरेको छु। त्रुटीहरु भेटिएमा सहर्ष स्वीकार गर्दै सच्याउने छु। थप सल्लाह-सुझावको लागी धन्यवाद।)

“हामी सक्छौँ” अभियान काठमाडौँमा

गत वर्ष अप्रिल २५ तारिकमा गएको विनाशकारी भूकम्पले करिब ८,९०० को ज्यान लियो र २५ लाख भन्दा बढी मानिसहरु घरबार विहिन भए। परम्परागत राजनीतिक सोचाईबाट जिर्ण बनेको दलहरु तथा वादहरुलाई एकातिर पन्छाउँदै भूकम्प पछिका आफ्ना कार्यक्रमहरु मार्फत आकर्षण बढाउँदै छ, सन् २०१४ मा स्थापना भएको, बोली भन्दा व्यवहारमा बढी विश्वास राख्ने एक व्यवहारिक दल “विवेकशील नेपाली” .  

वास्तवमा, राजनीतिक दलहरु पुनर्निर्माणको लागी असक्षम छन् भन्ने कुरा गत वर्षको भूकम्पले सिद्द गरिदिएको छ। भूकम्पको एक वर्ष बितिरहँदा अन्तर्राष्ट्रिय जगतले बाचा बारेको ४.१ अर्ब डलर पैसा मध्ये १.१ अर्ब डलर बराबरको आर्थिक सहयोग प्राप्त गरिसकेको छ जस मध्ये अहिले सम्म १ डलर पनि खर्च गरिएको छैन। यसै सन्दर्वमा विवेकशील नेपालीका एक नेता गोविन्द नारायणले नेपाली राजनीति भ्रष्टचार, अपारदर्शिता र अस्तव्यस्तता को चरममा रहेको बताउनु भयो। उहाको अन्तरवार्ताको लागी हामी काठमाडौँ स्थित उक्त दलको केन्द्रिय कार्यालयमा पुग्दा, त्यस दलका केहि सदस्यहरु “Play Card” हरु तयार गर्दै थिए भने अन्य केहि सदस्यहरु रिक्साहरु तयार गर्दै थिए। उनीहरु हरेक दिन “पुनर्निर्माण, कहाँ पुग्यो सरकार ?” भन्दै काठमाडौँको सडकहरुमा प्रदर्शन गरिरहेका छन्।

यस दलले राजनीतिमा ‘समानुभूती’, ‘श्रवन शक्ति’ र ‘एक-अर्का प्रतिको विश्वास र भरोसा’ जस्ता विषयहरुको वकालत गरिरहेको छ जसले पूर्व-स्थापित परम्परागत राजनीतिक मान्यताहरुलाई सोच्न बाध्य बनाएको छ। यिनै मान्यताहरुलाई जोड दिदै गोविन्द नारायणले भन्नु भयो, “अबको राजनीतिमा हामीले मानविय मूल्य-मान्यताहरुलाई बिर्सिनु हुदैन जुन मान्यताहरुलाई राजनीतिक शक्तिले उन्माद भएकाहरुले भुलिरहेका छन्” . ‘मुस्कान (Smiling face)’ चिन्ह रहेको यो दल विशेषत: पारदर्शिता (राजनीतिक, आर्थिक र सामाजिक) को लागी काम गरिरहेको छ जसको समतल संरचनामा जो कोही सहज रुपमा काम गर्न सक्ने वातावरण छ।

यस दलको व्यवस्थापिका विभागले नयाँ नीतिहरुको तर्जुमा गर्दछ भने कार्यपालिकाले अभियानहरु संचालन गर्ने गर्दछ। न्यायपालिकाले मूल्य-मान्यताहरु तथा विधानमा उल्लेखित प्रावधानहरुको कार्यान्यवनको सुनिश्चितता गर्दछ। यस दलको सक्रिय सदस्य बन्नको लागी कम्तिमा 6 महिनाको अवलोकन अवधिको प्रावधान गरिएको छ। यसै विषयलाई प्रष्ट पार्दै गोविन्द नारायणले पैसा र भनसुनको आधारमा यस दलको सक्रिय सदस्यता प्राप्त गर्न नसकिने बताउनु भयो। जुन देशमा सरकारी लगायत नीजि क्षेत्रहरु पनि राजनीतिक प्रभावमा चल्छन, त्यो देशमा “पारदर्शिता” नै परिवर्तन को विषय बन्दछ। राजनीतिलाई सर्वसाधारणको पहुँचबाट टाढा राखिनु नै राजनीतिक संकटको मुहान हो भन्ने बुझाई यस दलको छ।

सामाजिक संजालमा विवेकशील नेपाली

सामाजिक संजालमा विवेकशील नेपाली नभएको भए यति चाँडै स्थापित हुन सक्ने थिएन होला जुन संजाललाई अन्य दलहरुले बेवास्ता गरिरहेका छन्। सामाजिक संजाल मार्फत नै यस दलले विदेशमा एक महत्वपूर्ण शक्तिको रुपमा रहेका नेपालीहरुलाई संगठीत गरिरहेको छ जसले आफ्नो सिप तथा आर्थिक स्रोतमार्फत यस दललाई योगदान पुर्याइरहेका छन्। फ्रान्सबाट अध्ययन सकेर नेपाल फर्की यस दलमा आवद्ध हुनु भएका शशि विक्रम कार्की, यस दललाई नेपाली राजनीतिको एक मात्र आशाको विन्दु ठान्नु हुन्छ जुन दल आजको प्रविधिसँग परिचित पनि छ र जसले युवाहरुलाई प्रोत्साहन पनि गरिरहेको छ।

भूकम्प पश्चातको परिपेक्षमा गोविन्द नारायण भन्नु हुन्छ, “यदि हामी सरकारमा भएको भए हामी सटिक तथा पारदर्शी तथ्यांक संकलन गर्थ्यौ जसको आधारमा रहेर हामी वास्तविक समस्याहरुको पहिचान गरी पुनर्निर्माणको लागि जुट्ने थियौँ।”

एक नया दलको रुपको रहेको विवेकशील नेपालीले अब निकट भविष्यमा हुने स्थानीय चुनावमा ७५ मध्ये कम्तिमा पनि १४ जिल्लाहरुमा आफ्नो उम्मेदवारी दिनेछ। यस दलले अधिकांश जनताको अवाजको प्रतिनिधित्व मात्र गर्ने छैन, परम्परागत शैलीमा चलेको राजनीतिलाई समेत चुनौती दिनेछ र पुराना दलहरुलाई राजनीतिक पुनर्संरचना गर्न बाध्य पार्नेछ।

Start typing and press Enter to search