[su_tabs active=”1″ ][su_tab title=”अभियान“]
“न्यानो माया” अभियान

अत्याधिक चिसोबाट नेपालीहरुलाई, विशेष गरि  बाल बालिका र वृद्ध वृद्धाहरुलाई बचाउन भुकम्प तथा शीत-लहर प्रभावित क्षेत्रमा विवेकशील नेपालीले स्थानीय तहमा कपडा संकलन गरि  वितरणका निम्ति तयारी गर्दै आएको अभियान नै न्यानो माया अभियान  हो।10606267_528004664024423_231454567868856781_n.jpg

[/su_tab] [su_tab title=”अभियान संरचना“]

अभियान संयोजक : अविरल कार्की (९८४३४१९२५४)

अभियान संचार :सशी खड्का , मिलन पाण्डे

स्व्रोत ब्यबस्थापन : राघव पोख्रेल

अर्थ संकलन :कपिल कार्की

अर्थ ब्यबस्थापन : पुकार बम  

प्रचार प्रसार : रन्जु दर्शना

 [/su_tab] [su_tab title=”अभियान जारि स्थान“]

यो अभियान काठमाडौँ लगायत देशको विभिन्न १३ स्थानमा भैरहेको छ।

१ .काठमाडौँ

विवेकशील नेपाली दलको केन्द्रिय कार्यालय : 9851149214

चक्रपथ :अविरल कार्की -9843419254

मैतीदेवी :अमृत राज बैध्य -9801034642

चाबहिल :राघव पोख्रेल -9841390179

स्वयम्भु :प्रमेश श्रेष्ठ -9841310200

२ .ललितपुर

मनन महर्जन -9849104716

३ .झापा

दधिराम ढकाल – 9815358761

४.चितवन

संजिव भट्टराई – 9845446586

५.नवलपरासी

रोहित क्षेत्री – 9840072811

६.बारा

अर्पण राज घिमिरे -9851095810

७.भक्तपुर

अविनाश बस्नेत -9819624509

८.मकवानपुर

महेश पाठक -9845535512

९.रुपन्देही

अनिल काफ्ले -9857031747

 

मिति २०७२-०९ -११ देखि जारी “न्यानो माया ” अभियानमा अहिले सम्म विवेकशील नेपाली को केन्द्रिय कार्यालयमा आएर न्यानो माया बाँड्न कपडा दिनु हुने महानुभावहरु यस प्रकार हुनुहुन्छ :

२०७२-०९ -११         सोहन प्रसाद अधिकारी

२०७२-०९-१४         विकास तामांग, महेश पाल, सिरपा श्यामी, सरिता शाक्य

२०७२-०९-१५         उज्ज्वल जङ्ग थापा, रुपा पोख्रेल, सरद के सी, आज्ञा महत, अनिता अधिकारी, ज्ञानेंद्र निरौला, निशान गौतम, देवेन्द्र श्रेष्ठ

२०७२-०९-१६         समिर गुरुङ, हरि ज्ञावली, रस्मि खनाल, कविता मानन्धर , लक्ष्मी दीक्षित , सृजना केशरी , ISET Nepal Staff , राम प्रसाद खनाल , जुनी श्रेष्ठ , शोभना थापा ,  Anstra Thauguthi ,  गीता भट्टराई

२०७२-०९-१७        अनन्त मणि पन्त , जुनी श्रेष्ठ , शुभ होम एंड भरत सिंह थापा , गौरी अर्याल , रुपेन्द्र गोपाली , मिरा निरौला , मंजु सुबेदी , मिना थापा , रोशनी बस्नेत , एलिसा श्रेष्ठ , रन्जिता खतिवडा , रोहित बजगाई , पुष्पा श्रेष्ठ , गंगा प्रसाद भुसाल

२०७२-०९-१८         राम चापागाईं , सबिना रजक , शान्ति श्रेष्ठ , सुरेन्द्र पोख्रेल , अजिता राई , कविता घिमिरे , साधना राई , केशब सुबेदी , अर्जुन कुमार पौड्याल , सिद्धान्त पुरी , रमेश मरासिनी , यश्मिन गौतम, सौर्य प्रताप सिंह , सुर्य नेपाली , काजोल बस्नेत , शंकर चापागाईं,

२०७२-०९-१९         राजा राम के.सी.,केशब प्रजापति ,मन कुमार तमांग ,अविनाश बस्नेत (भक्तपुर् संकलन केन्द्र बाट प्राप्त ),डा.बिकाश पराजुली ,डा.डेनियल राजन ,डा.पौलिन राजन

२०७२-०९-२०         प्रनिता शर्मा ,दीपक गौतम ,लिला बहादुर श्रेष्ठ ,.सरोज कुमार महतो ,युबराज गिरि ,मिथिलेश सिंह ,पर्बत देव ,प्रतिक्ष्या दाहाल ,करुणा श्रेष्ठ ,सरदा कसुला ,चन्द्र मान श्रेष्ठ ,डा.बिकाश पराजुली

२०७२-०९-२१          गोर्खा kitchen (पूर्ण गुरुङ ),रन्जु थापा ,साजन सत्याल ,सुस्मिता अर्याल ,सुजना सान ,गोकुल पण्डित ,चम्पा गुरुङ ,राधिका प्रजापति

[/su_tab] [su_tab title=”आय व्यय “]

[/su_tab] [su_tab title=”कार्यक्रमहरु“]

१) काठमाडौँ : ढोक्शान

विवेकशील नेपाली दलले काठमान्डौको शंखरापुर नगरपालिकाको ढोक्शानमा जाडोको लागि न्यानो कम्बल र ब्ल्यांग्केट वितरण गरेको छ। होप नेपाल फाउन्डेसन ( नेपाल को लागि आशा फाउन्डेसन ) को सहकार्यमा गरिएको उक्त कार्यक्रममा वृद्ध-वृद्धा तथा शिलादेवी प्राथमिक विद्यालयका बालबालिकालाई कम्बल तथा ब्ल्यांग्केट वितरण गरिएको हो । बैशाख १२ को भूकम्पले निकै क्षति पुर्याएको उक्त स्थानमा  ६० बालबालिकालाई र  १०७ वृद्ध-वृद्धालाई गरी १६७ कम्बल र ब्ल्यांग्केट बाँडिएको हो । भूकम्पपछि पुन: स्थापनाको लागि सरकारले ठोस कदम नचालेकोले विवेकशील नेपाली र होप नेपाल फाउन्डेसनले यो कदम चालेको हो।

यसअघि नै विवेकशील नेपालीले बाराको मुसहर वस्तीमा रहेका ५७ घरपरिवारका दुई सय ५० भन्दा बढीलाई न्यानो कपडा वितरण गरेको थियो।

भुकम्पपछि विवेकशील नेपाली दलले शंखारापुर नगरपालिका ढोक्शानको पुन स्थापनाको लागि भुकम्प कारखानाको काम पनि गर्दै आएको छ। उक्त भुकम्प कारखानामा त्यहीका स्थानिय वासिन्दालाई विभिन्न किसिमका तालिमदिई सक्क्षम र सवल बनाउने योजना विवेकशील नेपाली दलको रहेको छ। जसमध्य कृषि, वेल्डिंग, सिकर्मी मुख्य तालिम रहेका छन्। भुकम्प को बेला विवेकशील नेपालीले ५ हजार ८ सय ३४ घरधुरीका करिब २९ हजार १ सय ७० जना लाई राहत पुर्याएको थियो।

२)  सिन्धुपाल्चोक: फुल्पिङ डाँडा

न्यानो माया बोकेर सिन्धुपाल्चोक डाँडा माथि रहेको दुर्गम गाउँ फुल्पिङ डाँडा गयौँ । CMDN का प्रमुख दिबेश कर्माचार्य अनि HGI की अन्जु श्रेष्ठको सहयोग र स्थानिय कुमार लामाको सहकार्यमा उक्त कार्य सम्पन्न भएको हो।

लगेको सामानहरु – १३० वटा ब्ल्यान्केट , १० वटा राडी, ७ वटा बेबी ब्ल्यान्केट, ७ वटा पछ्यौरा ,१० वटा ऊनीको टोपी

हामीले बाँडेको सामग्री पाउनेहरु:  एकल महिला -१६, बृद्ध-बृद्धा – २०, बाल-बालिका – ५०, सुत्केरी अनि शिशु – ७, अपाङग – १७, बिपन्न परिवार -२१, जम्मा – १३१

खर्च – ढुवानी – रु ६८० , खाजा खर्च – रु ३८० ( ५ जना ), खाना – रु ११९०, पानी अनि औसधी – रु १३०

जम्मा – रु २३८०

३) बारा:अम्बडार

 अभियान “न्यानो माया” अंतरगत  बाराको अम्बडार स्थित अति बिपन्न र जाडो पिडित 20 परिवारका लगभग 100 भन्दा बढी व्यक्तिलाई न्यानो कपडा र कम्बल बितरण गरियो। जाडोले कठाङग्रिएका ती बा, आमा, दाजू-भाई तथा दिदी-बहिनीहरूको आङमा थोरै भए पनि न्यानोपना दिने प्रयास गरियो।

bara1.jpg

४ ) बारा :गढीमाई

न्यानो कपड़ा र कम्मल संकलन गरी बितरण गर्ने हाम्रो अभियान अन्तर्गत दोस्रो चरणको बितरण कार्यक्रममा गढीमाई नगरपालिका अन्तर्गत बेहेरी गाउँका गरीब तथा बिपन्न 12 परिवार का 43 जना मानिसहरु लाई प्रति मानिस एक सेट कपड़ा र प्रत्येक परिवार एक थान कम्मल सहित बितरण गरियो

bara.jpg

5)सिन्धुपाल्चोक: ठोकर्पा  गा वि स

सिन्धुपाल्चोकको ठोकर्पा गाबिस जहाँ ६ जनाको चिसोको कारणले मृत्यु भएको ठाउ

बिबेकशील नेपाली टोलि त्यस ठाउमा गएर ३८ घरधुरीलाई लत्ताकपडा बितरण गरेर आयौ। सबैजना खुसी हुनुभयो ।

12400558_942613999119239_5000528776115215534_n.jpg

6)सिन्धुपाल्चोक: पुरानो कोट ,कालिका गा वि स

भुकम्पबाट पुर्ण रुपमा क्षति भएको यस कालिका गा वि स मा अहिले सम्म पनि बासस्थानको उचित प्रवन्ध नपुगेकाले शित तथा जमिन बाट आउने चिसोबाट प्राय सबै ज्वरो, रुघा, टाउको दुख्ने जियु सुन्निने जस्ता समस्या बाट अति प्रभावित रहेका छन।

EX-Police School Student Societ (EPSSS), Cosmos College Alumni अनि विवेकशील नेपालीको टोलि कालिका गा वि स तर्फ़ नवजात शिशु तथा बाल-बालिका, बृद्ध-बृद्धाका लागि विशेस ब्लयाङ्केट, सित रोक्न पाल तथा न्यानो कपडा वितरण ।

स्थान बारे जानकारी:

कुल घर संख्या: १०८

नवजात शिशु: ३५-४० जाना

१ देखि १२ बर्ष सम्म: ५०- ६० जाना

बृद्ध-बृद्धा : १०८ जाना

7) मकवानपुर :नामटार वडानं ९ ,बेतेघारी

श्री देबि प्रा.बि.मा न्यानो सुइटर तथा शैक्षिक सामग्री बितरण ।

बेतेघरी, नामटार -९

२०७२ पौष २०

श्री देबि प्राथमिक बिद्यालय ,बेतेघारी ,नामटार वडानं ९ मा अध्यनरत प्रारम्भीक बाल कक्ष तथा कक्षा एक, दुइ, तीन, चार र पाँचका बाल बालीकाको लागी न्यानो लुगा न्यानो सुइटर, टोपी र कापी कलम हेटोैडा निबासी रोशनि पुस्तकालयका अध्यक्ष संगीत श्रेष्ठ तथा मकवानपुर बहुमुखी क्याम्पसका श्री उमेश महतको समन्वयमा अष्ट्रेलीयाको सिडनिमा अध्ययनरत नेपाली बिधार्थीको सहयोगबाट आर्थीक संकलन गरी उपलब्ध गराएको थियो!

कार्यक्रममा कान्तिपुर दैनिकका प्रताप बिष्ट , अधिबक्ता ललिता श्रेष्ठ एबम् माइती नेपालका मन लामा लगायत रोशनि पुस्तकालयका अध्यक्ष संगीत श्रेष्ठ तथा मकवानपुर बहुमुखी क्याम्पसका श्री उमेश महतले ११० जना बालबालीका लाइ स्विटर , टोपी र शाैक्षिक सामाग्री प्रदान गरेको थीयो ।

8)मकवानपुर :कर्रा खोला किनार ,हेटौँडा-4

हेटौँडा-4 स्थित कर्रा खोला किनारमा त्रिपाल मुनी आश्रित 30 परिवारलाई “न्यानो माया अभियान” अन्तरगत न्यानो कपडा, म्याट्रेस आदी वितरण गरियो । विवेकशील नेपाली मकवानपुरको अगुवाईमा हेटौँडाका अन्य 4 सामाजिक संस्था लियो क्लब अफ हेटौँडा, लियो क्लब अफ हेटौँडा लर्ड बुद्ध, एडु-भिजन युथ क्लब र ईन्पायर हेटौँडा को संयुक्त प्रयासमा चलिरहो यस न्यानो माया अभियानको पहिलो चरण अन्तरगत कर्रामा राहत वितरण भएको हो ।

9)ललितपुर :. बुरुन्चुली गाउँ,देवीचौर गा. वि. स

हामि केहि दिन देखि जम्मा गरेको नया नया कम्बलहरु, नया / पुरानो न्यानो लुगाहरु र जुत्ताहरु देवीचौर गा. वि. स. बुरुन्चुली गाउँ, ललितपुरको श्री भीमसेन आदर्श माध्यमिक बिद्यालय मा पढ्ने अति आबस्यक विद्यार्थीहरुलाइ वितरण गर्न जादै गर्दा एउटा पसल मा पानी किन्न रोकेका थियौ | त्यहाँ पसल को दाइले हामीलाइ देखेर भन्नु भयो,

विवेकशील नेपाली दल ले राजनीति को नाम मा समाजसेवा पो गर्दो रैछ है | अनि फेरी उहा संगै बस्ने दिदीले भन्नु भयो देशमा समाजसेवाको नाममा राजनीति गर्ने नेता – दल धेरै छन् तर हजुरहरुले राजनीतिको नाममा समाजसेवा गर्दै हुनुहुन्छ धेरै राम्रो गर्दै हुनुहुन्छ भन्नु भयो | यो सुन्दा हामीलाई गर्ब लाग्यो !

तस्बिर : रोहित छेत्रीद्वारा आज देवीचौर गा. वि. स. बुरुन्चुली गाउँ, ललितपुरको श्री भीमसेन आदर्श माध्यमिक बिद्यालयमा खिचिएको

12507703_433893830150446_2556066253483591568_n.jpg

ललितपुर 

विवेकशील नेपाली दल “न्यानो माया” अभियान ललितपुरले संकलन गरेको न्यानो लुगा (नया / पुरानो) र नया कम्बल हरु देवीचौर गा. वि. स. बुरुन्चुली गाउँ, ललितपुरको श्री भीमसेन आदर्श माध्यमिक बिद्यालय मा पढ्ने अति आबस्यक विद्यार्थीहरुलाइ वितरण गर्ने निर्णय अनुसार आज त्यस बिद्यालयमा विवेकशील नेपाली ललितपुरका अध्यछ्य मनन महर्जन र सक्रिय सदस्य सुरेश श्रेष्ठ पुगेर निरिक्षण गर्नु भयो | बिद्यालयमा परीछ्या चलेको र भोलि बिदा भएको कारण पर्सि पौष १९ गते वितरण गरिने निर्णय भयो।

तस्बिर: बिध्यालय जादै गर्दा र बिद्यालय हाता भित्र लिइएको।

1910411_433406266865869_4768735282414537266_n.jpg

10) नवलपरासी : डाडाखोला गाउँ,कोराक गा.बि.स वडा न .८

मिति २०७२/०९/१४

विवेकशील चितवन,नवलपरासी को सयुत्त प्रयासमा न्यानो माया अभियान अन्तर्गत दोस्रो शृङ्खलामा कोराक गा.बि.स वडा न .८ डाडाखोला गाउँमा स्थानीय ६१ घरधुरी रहेको चेपाङ बस्तीमा न्यानो कपडा वितरण गरियो। समुदायेको तर्फ बाट पुर्ण चेपाङ र समुदाय सम्योजक का रूपमा शान्ति गृह नेपाल का गोपाल सुवेदी जि लाई विवेकशील नेपालीको धन्यवाद साथै सबै सहयोगि मन प्रती आभार प्रकट गर्दछौ।।

12359979_494897737359513_3885576482816492692_n.jpg

11) धादिंग: कुमपुर्,किरान चोक

जननी foundation नेपाल र विवेकशील नेपाली को सहकार्य मा किरानचोक का ६५ विपन्न घर लाई लक्षित गरेर हाम्रो एक टोलि त्यहाँ प्रस्थान गरेको थियो ।

20160106_080915.jpg

12) मकवानपुर जिल्लामा पर्ने सिलिङ्गे गा .वि ,स ( काकडा-१ )

काठमाडौँबाट १७० किलोमीटर दक्षिण क्षत्रमा रहेको मकवानपुर जिल्लामा पर्ने सिलिङ्गे गा .वि ,स ( काकडा-१ ) गाउँमा हामीले न्यानो  माया पुर्याउन सफल भएका छौ। चेपाङ्गहरुको बहुलियत भएको त्यस बस्तीमा न्यानो मायाको चिनो जस्तै    ब्ल्यान्केट ५० थान  र कपडाहरु जस्तै  पाईट , सर्ट , ज्याकेट, टाउजर बच्चा र महिला दिदि बहिनिहरुको लागि चोलो र अन्य कपडाहरु पनि पुगेको थियो।

 हामीले चेपाङ्ग समुदायका मुखिया मोतीराम चेपाङ्गको नेत्रित्वोमा त्यहाँ न्यानो कपडा बाढेका थियौ।

 हामीले ५० घर धुरीमा कपडा वितरण गरेका छौ।

 दिव्यश कर्मचार्यको नेत्रित्वोमा गएको सो टोलि पौष २५ मा गएर त्यहाको गतिबिधि बुजेर पौष २६ मा काठमाडौँ फर्किएको थियो।

DSC_0778.JPG

13 )झापा

पौष २७, २०७२ का दिन झापाको बिराटपोखरमा अवस्थित मुसहर बस्तीमा न्यानो माया कार्यक्रम अन्तर्गत सात घर परिवारलाई सात वटा कम्बल तथा करिब ५० जना नागरिकहरुलाई लत्ताकपडा बाडेको छ। अत्यन्त दयनीय जीवन गुजारा गरेर बसेका नागरिकहरुलाई शितलहरबाट बचाउने हाम्रो प्रयास जारी छ।

jhapa.jpg

झापा बिर्तामोड ९
विवेकशील नेपाली न्यानो माया अभियान अन्तर्गत झापा बिर्तामोड ९ मा बसोबास गर्ने ७ घर धुरीका करिव ५५ जना मुसहर समुदायलाई न्यानो कपडा वितरण गरेको छ ।

BibekSheel Nepali Jhapa विवेकशील नेपाली झापा

12509009_1671141073123860_1922148301729257068_n.jpg

न्यानो माया अन्तर्गत  कार्यक्रमहरु :

S.No.

Location

Date

Number of People who got Nyano Maya and number ofHouseholds

Distribution summary

Alliances

1.

Dhoksan, Kathmandu

Dakshinkaali

22 Dec, 2015

६० बालबालिकालाई र  १०७ वृद्ध-वृद्धा (१७० जना नेपाली)

167 blankets distributed to school-children and senior citizens

Hope for Nepal

2.

3

Fulping Danda, Sindhupalchowk

सिन्धुपाल्चोक: ठोकर्पा  गा वि स

सिन्धुपाल्चोक: पुरानो कोट ,कालिका गा वि स

30 Dec 2015

jan 4 3016

एकल महिला -१६, बृद्ध-बृद्धा – २०, बाल-बालिका – ५०, सुत्केरी अनि शिशु – ७, अपाङग – १७, बिपन्न परिवार -२१, जम्मा – १३१

कुल घर संख्या: १०८

नवजात शिशु: ३५-४० जाना

१ देखि १२ बर्ष सम्म: ५०- ६० जाना

बृद्ध-बृद्धा : १०८ जाना

140 blankets + 25 units of warm clothing

CMDN, HGI

4

Ambadar, Bara

Gadhimai

December 10 2015

100 units of blanket and warm clothes

??

5.

Lalitpur, देवीचौर गा. वि. स. बुरुन्चुली गाउँ

January 3

6

7

8

Makwanpur

मकवानपुर :नामटार वडानं ९ ,बेतेघारी

 

मकवानपुर :कर्रा खोला किनार ,हेटौँडा-4

सिलिङ्गे गा .वि ,स ( काकडा-१ )

 

Poush 20

21 Poush

पौष २५

 ११० जना बालबालीका

 30 परिवार

५० घर धुरी

५० थान र कपडाहरु जस्तै पाईट , सर्ट , ज्याकेट, टाउजर

9

Chitwan

मिति २०७२/०९/१४

६१ घरधुरी

६१ घरधुरी रहेको चेपाङ बस्तीमा न्यानो कपडा वितरण

10.

Dhading

कुमपुर्,किरान चोक

 jan 6 2016

६५ विपन्न घर

60 blanket and 12 bora cloth

11

Nawalparasi

डाडाखोला गाउँ,कोराक गा.बि.स वडा न .८

POush 14

६१ घरधुरी

12

Jhapa

13.

14

Total

15 locations in 7 districts

From 10 Dec 2015 to 12 Jan 2016

706 blankets, yy units of warm clothing etc. (including NRs. 3 lakhs worth of items)

worked with xx number of different organizations

[/su_tab]

[/su_tabs]

Start typing and press Enter to search