वैकल्पिक राजनीतिका चुनौती र आगतको बाटो

हरिश प्रसाद भट्ट

 

संगतमा चोचोमोचो कम गर्ने र वास्तविकता सहजै र बेलामै बक्ने मान्छे समाजमा कम हुन्छन । कहिँकतै मात्र भेटिने harishत्यसखालका ईन्ट्रोभर्टजस्ता देखिने मनुवाहरुको सहज पहुँच समाजका सचेत वर्ग (राजनीति र संघठन) भन्दा  टाढा हुन्छ । के यिनीहरु यो कुरा रुचाँउदैनन या त्यस्ता सचेत वर्ग त्यो गाँउको स्तरसम्म पुगेका हुदैनन् । हो, आईडियाका भारि बाकेर सानो सपना बनाएका संघठनकर्ताहरु आफै एक सानो ईकाईको सिमित सिद्धान्तले घेरिएका हुन्छन । यदि स्वतन्त्र जनतावर्ग संग अन्तरक्रिया गर्नुछ, गाँउस्तरको जीवनसंग हातेमालो गरि उनिहरुका दुख सुख सुन्नु छ भने कुनै संघठन र राजनीतिक दल भएर जाँदा त्यो संभव हुदैन । त्यो वर्ग जसले राजनीति भनेको चुनाव र नेता भनेको शासक बुझेको छ, त्यो वर्गले कुनै वाद, विचार र धार बुझ्दैन । त्यहाँ केवल विहान बेलुकाको हातमुख जोराई र पुलपुलेसो को निर्माण पुनर्निर्माण राजनीति हो, समाज हो र शान्ती हो । जो यी कुराबाट पनि टाढा छ, यानी निरपेक्ष खानपिउन र हिँडडुल गर्न पनि समस्या भोग्छ त्यो वर्गाका लागि राजनीति केवल संघर्ष हो संघर्ष । तर त्यै संघर्ष कसैका लागि राजनीति बन्छ र उ शासक बन्छ, त्यो नसक्नेका लागि त त्यो संघर्ष नै जिवन भईदिन्छ । खानेपिउने कुरा नपाएका देखी शासक वर्गसम्मका यी मुल्यमान्यताले हेर्ने हो भने अब समाजमा चार वटा भेद भैसकेका हुन्छन ।

            एक खान पिउन नपुगेर जीवकालागि संघर्षरत, यो वर्गको कुनै सिमा छैन । यो पहाडमा , मधेसमा, हिमालमा जताततै ५० प्रतिशत जनसंख्या यसै वर्गमा छ । खासगरी उच्च पहाडी र मध्य तराई मधेस क्षेत्रका जनता लाई ईंकित गर्न खोजेको हुँ ।  दोश्रो निरपेक्ष गरिबी भन्दा माथि र समाज, दुनियाँ सुन्न बुझ्न सक्ने जसलाई चलनचल्तिमा मध्यमवर्ग भनिन्छ । यो वर्गको राजनीति र शासनमा त्यत्ती उत्कृष्टता नरहेपनि आफुभन्दा तल्लो वर्गको शासक नै हो भन्न सकिन्छ । यस्तो जनसंख्या पहाड र र्पुव पश्चिमका तराईमा करिब २० प्रतिसत छ । तेस्रो वर्ग सामान्य सहरिया वर्ग हो । जसले राजनीति, प्रविधी र शासनसत्तामा  पहुँच बनाईसकेको छ तर पनि त्यहाँ आफ्नो प्रभुत्व भने बनाईसकेको छैन । यो वर्ग नेपालको मध्य पहाडी भेकमा बस्ने गरेका चलनचल्तिमा जनजाती भनिने तिब्बनतेली बर्मेली मुलका नागरिकलाई भन्न खोजिएको हो । यो वर्ग जागिर (गोर्खा सैनिक), कृषी र व्यापारमा निर्भर भएकाले देशमा वर्र्गीय रुपमा आर्थिक दृष्टिकोणले सबैभन्दा सबल छ । यस्तो जनसंख्या करिब २५ प्रतिशत छ । राजनीतिमा यसको मध्यम सहभागिता छ । यो वर्गले कतै कसैमा शासन गरेको या आफ्नो प्रभुत्व भने जमाएको छैन । चौथो वर्ग पंतिकारका नजरमा वर्तनका शासक वर्ग यानी उच्च पहाडी र लेक तिरका र बसाई सरि सहर झरेकालाई भन्न खोजिएको हो जो निरन्तर सता र शक्तिको केन्द्रमा रह्यो । यसले जम्मा ५ प्रतिशत हिस्सा ओगट्छ तर बाँकी ९५ प्रतिशतलाई यसले आफ्नो निम्ति पटक पटक प्रयोग गर्दै उनीहरुमाथि शासन गरेको छ । तर म यो  वर्ग जातिय रुपमा हेर्न चाहन्न । त्यहाँ बाहुन को बाहुल्य रहेजस्तो देखएपनि यो वर्ग भनेको सबैवर्गका शासक मनस्थिति भएकाहरुको गुट हो ।  अब समग्रमा के देखियो भने, धेरै कम प्रतिशतले धरै बढीमाथी शासन गरेको छ । अचम्मको कुरा त यहि मान्नुपर्छ की यस्तो वर्र्गीय व्यवस्तामा  हाम्रो  देश यती लामो समय मिलेर र टिकेर बस्यो । हामीबिच समाजवादका विभिन्न रुप प्रयोग भए, भिन्न भिन्न रुपमा निरंकुसता लादियो, साम्यवादको सपना सजाएको शक्तिलाई समर्थन गर्यौँ । पारिवारिक जहानिया शासन, प्रजातन्त्र, निरंकुश पञ्चायत, प्रजातन्त्रको पुर्नप्राप्ति, साम्यवाद स्थापनाको असफल अभ्यास देखि राजतन्त्रको अन्त्य र गणतन्त्रको प्राप्तिसम्म पुगेको नेपाली समाज पुग्यो । यसै सताब्दिमा भएका यी परिवर्तन केवल माथी उल्लिखित ५ प्रतिशतको नियन्त्रणमा उनीहरुकै उपयोगका लागि भएका हुन्, बाँकी जनता र बाँकी वर्ग केवल प्रयो गरिएका हुन् ।  

                    यी सबै नेपाली राजनीतिक समाजका अतित र समाजिक बनोटका व्यवस्थाको केरकार पछि मलाई याद आउछ, “बहुला काजीको सपनाको एक अंश समाजको दुखको अन्त न कागजमा कोर्दैमा हुँदो रहेछ, न बोल्दैमा मात्र । यसको लागि त समाजको जरोदेखिनै परिवर्तन गर्नु पर्छ । खै फ्रन्सको त्यो उच्च आदर्श । खै अमेरिकनहरुको स्वाधिनताको संग्राम । एक हुरी आयो, सतह सतहमा गोलमाल मच्चियो, फेरि उस्ताको उस्तै , फेरि बाटैमा तिनीहरु अलमलिए । हब्सीहरु कालाका कालै रहे , गरिबहरु भोकाका भोकै । हिन्दुस्तानमा अछुत अछुतै , स्वार्थ जस्ताको त्यस्तै । स्वाधिनता, समानता, भ्रातृत्व शब्दका शब्द।हो मेरो नजरमा बहुला काजीको सपनामा आएका यी अवरोध बुझाएका विश्लेशण साँच्चिकै नेपाली समाजको प्रगतिका बाधा हुन । एक चोटी सोचौँ त महेन्द्रको एक भाषा एक वर्ग, एक राष्ट्र वाला राष्ट्रियता देखी प्रचण्डपथको वर्ग्हिन समाज र हालका मधेशवादी दलले खोजेको बहुराष्ट्रिय राष्ट्रियता सम्म हामीलाई कुनै सर्व स्विकार्य छैनन् । आँखिर नेपाली समाज के चाहन्छ , कस्तो व्यवस्था चाहन्छ, कस्तो शासन प्रणली, कस्तो वर्ग व्यवस्था, कुन तन्त्र र कुन वाद चाहन्छ ? हामीले किन  आज सम्म निक्यौल गर्न सकेनौ ? हामीले बेला बेला आएका यस्ता भिन्न भिन्न परिवर्तन जुन वर्ग र जनताका लागि भनेर गर्यौ, राम्रै ध्येयले गर्यौँ तर खुद ती जनतासंग कहिल्यै जानकारी दिएनौ, त्यो वर्गसंग तत् तत् विषयमा कहिल्यै अन्तरक्रिया गरेनौ । हाम्रो नेतृत्व कहिल्यै यसरी जनतासम्म अगुवा भएर गएन, जनतामा रिझाउन सकेन  । हामी के प्रमाणित गर्न सक्छौ भने समस्या तन्त्र, र शासन व्यवस्थामा हैन हामी आफैमा छ , हाम्रो नेतृत्वमा छ जसले कहिल्यै जनतालाई आफनो नजिकको साथी भएको महशुस गराएनन् । हामी जनता बीचमा वर्ग खोज्दै हिँड्यौ तर जनता एक नेपाली एक वर्ग भएर बस्न चाहेको जनताको मनोभावना बुझेनौ । हाम्रा सरकारहरुले कहिल्यै आफु जनताको सेवक भएको कुरा जनाउन सकेनन् । केही  चमत्कारीक विकाश र देखिनेगरि जनताको हित  त गरेनन्े गरेनन्,  आफ्ना क्रियाकलापको सहि सुचना सम्म जनता सम्म पुर्याउन सकेनन् । पारदर्शिता र जवाफदेहता कहिल्यै हाम्रा मुद्धा भएनन् । सुचनाको अभावले विचलन आँउछ । उदाहरणको लागि संविधानमा हामीले समाजवाद शब्द राख्न कति धरै छलफल गर्याँै जुन आवाश्यक थिएन । राख्नु नै थियो भने राज्यको चरित्रमा लोककल्याणकारी राज्य राख्न सक्थ्याँै तर त्यै समाजबादका विशेषता र त्यसको चरित्रचित्रण पनि गर्न सकेनौँ । समाजवादको अनुभव जनस्तरमा त पुग्न समय लाग्ला तर सहि सुचना र पारदर्शितामा हामी पछि हट्नु हुदैँन । हामीले वास्तविकताको नजिकसम्म पहुँच बनाउन सुचनामा हाम्रो अधिकार शुनिश्चित गर्नु जरुरी हुन्छ । सुचनाको गलत प्रभाव या अभावले मानिसलाई उदासिन र कर्महिन बनाउन सक्छ । जबसम्म सुचनाको प्रबाह उच्च मुल्यंकन र महत्वको विषय बन्दैन तब सम्म कुनै  संगठन, समुह या राष्ट्र सफलताभन्दा टाढा गरिरहेको हुन्छ । विगतको राजनीति यी र यस्तै फेर्ने र परिवर्तन गर्ने कुराले रुमल्लियो । हामीले गर्व गर्नसक्ने एउटै ठाँउ भनेको हाम्रो सार्वभौासत्ता कमजोर हुँदै गएर पनि, त्यसलाई जोगाईराख्न सक्नु हो । बाँकी केही उपलब्धि जनस्तरमा देखिएनन् । यहि राजनीतिक खिचातानीले निरासता, नकारात्मकता, विगतप्रतिको  वैरभाव, यथास्थिती प्रती असन्तुष्टि र आगतमा अविश्वास जन्मिएको छ ।

आगतको बाटो      

     विगतको निरासा लाई मेटाउन केही सकारात्मक पक्ष त छन, जस्तोकी हामीले मुलरुपमा संघिय लोकतान्त्रिक गणतन्त्र पाएका छौ, जुन हाम्रा लागि उपयुक्त शासन व्यवस्था हो । तर यी केही पक्षले मात्रै अतितको नमिठो मेटाउन सकिने छैन ।त्यसका लागि नयाँपनको जरुरी छ । हुन त पछिल्लो समय नयाँ शक्ति भनेर केही अभियान चलेका छन तर फेरी त्यही नयाँ बोतलमा पुरानै हाले जनताले पत्याउने छैनन् र  ती शक्ति टिकाउ पनि हने छैनन् । बाबुराम भट्टराई लगायतका केही पक्ष बाट भएका अभियान सकारात्मक मानिईनै राखेका छन तर जनताले शतप्रतिशत अविश्वास गरेका पुरानै शासन  प्रवृतीका व्यक्तिका नेतृत्वमा हुने यस्ता शक्तीको राजनीतिक रुपमा कुनै तुक छैन । बरु राजनीतिमा कहिल्यै परिक्षण नभएको प्राज्ञिक  व्वयवसायिक रुपमा सफलतम सुसंस्कृत युवा जमातलाई केन्द्रीकृत गरी नयाँ तरिकाले शक्तिहरु आउन सके केही आशाका किरण झुल्किने थिए की ?  हुन त उज्वल थापा नेतृत्वको विवेकशील नेपाली ले छोटो समयमा कमाएको चर्चा र उसले समाएको नविन प्रयोगवादी धारा ले केही आशा जगाएकै छ । विवेकशील नेपाली चलन चल्तिका पार्टि भन्दा एकदमै फरक गहिरो ढंगले प्रवेश गरेको छ जनतामाझ, यो सुखद पक्ष हो तर प्रवेश संगै आगतको बाटो पहिल्याए दरिलो रुपमा उभिन असम्भव छैन । परोपकारी अभियन्ता एवम् पत्रकार रबिन्द्र मिश्र ले पनि यस्तै किसिमको अभियान थाल्ने संकेत गरेका छन तर समान उद्धेश्यमा पुग्ऩ समाजका विविध पक्षसंग जोडिने आँट उनले गर्नु पर्यो । यहाँ पनि तिनै आफु पनि नहुने र नहुन दिने भन्ने खालको मानसिकताले स्पेस पाएको छ । विवेकशील नेपाली मिश्रको अभियान र विचारधारा प्रति साकारात्मक प्राय देखिन्छ । पुराना पार्टीहरुले धरै थोक दिई सकेकाले अब केही दिन बाँकी छ जस्तो मलाई लाग्दैन । अब पुरानै किसिमले राजनीति गर्ने हो भने सबै वर्तमानका ठूला पार्टीको औचित्य समाप्त भैसकेको छ । उनीहरु विगतमा राजा महाराजाहरुको भारी बोक्ने बानी परेकाले आगतमा पनि भारी खोज्दै कहिँ अन्यत्र जान सक्छन । त्यसलाई रोक्न  नयाँ शक्तिहरु तयार रहनुपर्छ । विकल्प खोज्ने यथास्तिथीका पार्टीहरुको हो लोकतन्त्र र लोकतान्त्रिक समाजवादको हैन । विवेकशील नेपाली जस्ता विशुद्ध युवा समुहहरुले अतितको असफल बाटो र त्यसका वर्गीय, राजनीतिक समस्या पहिल्याउन सके उनीहरुको भविश्य उज्वल छ । देशले उनीहरुबाट केही आशा गर्ने ठाँउ रहन्छ । समग्रमा अब आउने शक्तिले विगत नदोहोर्याईकन आगतको बाटो पहिल्याउन सकुन , शुभकामना |

 

Start typing and press Enter to search