केन्द्रिय कार्यपालिका समिति पहिलो तीन महिनाको कार्य-मुल्यांकन – २०७२-११-१४

विवेकशील नेपालीको प्रथम महाधिवेशनद्वारा निर्वाचित कार्यपालिकाले ३ महिना पुरा गरेको छ। यस अवधिमा कार्यपालिका  समितिले सम्पूर्ण श्रोत कार्योचित व्यवस्थापन ,संकलन र उचित  परिचालन गरेका कार्यक्रमहरु देहाय बमोजिम रहेको छ l

कार्यपालिका समितिको बैठक – १२ पटक बसेको छ भने कार्यपालिका समितिले १२ पटक नै  केन्द्रिय समिति बैठकमा उपस्थिति जनाएको छ।j

१) नीति

क ) विवेकशील नेपाली कार्यपालिका समितिले यो पहिलो तिन महिनामा आन्तरिक कार्यलयिक प्रयोजन   र राष्ट्रिय  नीतिमा काम गरेको छ।

कार्यपालिकाले बनाएका केहि नीति तथा नियमवालीहरु

१. सदस्य शुल्क  नियमवाली

२. श्रोत बाँडफाँड नियमवाली तथा सम्पूर्ण  कागजात

३. आन्तरिक संचार नियम

४. आन्तरिक लेखा नियम

५.आन्तरिक सामग्री खरिद बिक्रि नियमावली

 

 

२ ) केन्द्रिय कार्यपालिका समितिले देशको प्रमुख नीतिहरुमा पनि विवेकशील नेपालीको धारणा बारे छलफल गरेको छ। साथै, केन्द्रिय कार्यपालिका सदस्यहरुको संयोजकत्वमा निम्न नीतिहरु तयार हुदैछन् :

    १. सामान्य प्रशासन नीति
    २. शिक्षा नीति

    ३. स्वास्थ्य नीति

    ४ . राष्ट्रिय कर नीति

    ५ . प्रकृति तथा पर्यावरण   

     ६. राष्ट्रिय पुर्वाधार नीति

 

३) कर्मचारी नियुक्ति

२०१६ को मार्गचित्रलाई ख्यालमा राखी केन्द्रिय कार्यपालिकाले मार्गचित्रलाई सार्थक पार्न सहयोग गर्न विभिन्न  कर्मचारीको केन्द्रीय कार्यालयमा नियुक्ति गरिएको  छ।

 

४) राजनैतिक , सामाजिक र आर्थिक कार्यक्रम

कार्यपालिका समितिले हरेक हप्ता राजनैतिक , आर्थिक र सामाजिक कार्यक्रम गर्दै आएको छ .

  • राजनैतिक कार्यक्रम अन्तर्गत १२० जना व्यक्तिलाई राजनैतिक परिक्षण दिइसकेको
  • १०५  जना नयाँ साधारण सदस्य र ४० सक्रिय सदस्य
  • प्रजातन्त्र दिवसको अवसरमा सम्पुर्ण नेपाली नागरिकहरुमा यसको महत्व झल्काउने गरि सडक संदेश गरेको
  • १२ वटा उद्यमशीलताका कार्यक्रममा  लगभग  २०० जनालाई उद्यमी सुझाव दिइएको
  • साथै सामाजिक तिर भूकम्पबाट प्रभावित तथा शीतलहरबाट पीडितलाई  ६००० ब्ल्यांकेट  वितरण
  • १८ स्थानमा न्यानो माया  अन्तर्गत लत्ता कपडा संकलन,  २८ स्थानमा न्यानो माया अभियान संचालन गरि १७०० पिडितलाई राहत
  • सिराहाका अग्नि पीडितहरुलाई राहत सामग्री वितरण
  • अभियान को बिस्तृत विवरण : https://docs.google.com/document/d/1en21y-CI7VuJywYw0jD9A2qDsudYFku5FuybRp5yHoU/edit?usp=sharing

 

५) कार्यालयमा सोलार जडान  
देशमा उर्जा संकट चरम बिन्दुमा पुगेको बेला कार्यालयको काम कार्यवाहीमा असर नपरोस भन्ने उद्देश्यले कार्यालयको कामको चुस्तताका लागि देशकै पहिलो सौर्य उर्जामा निर्भर राजनैतिक पार्टी कार्यालय बनाउन सफल भएका छौ।

६)प्रशिक्षण सामग्री तयारी

कार्यपालिका समितिले प्रशिक्षण सामग्रीको रूपमा “ अब के गर्ने “ भाग-२ तयार पारि नियमित प्रशिक्षण गर्दै आएको छ भने अन्य समितिका प्रशिक्षणलाई आवश्यक स्रोत सामग्रीको  व्यवस्था गर्दे आएको  छ  । साथै, विवेकशील नेपालीको सिद्धान्त अनि मूल्य-मान्यताबारे थप प्रस्टाउन अन्य बिभाग लाई सहयोग गरेको छ |

 

७) जिल्ला प्रशिक्षण तथा साक्षत्कार भ्रमण  ब्यबस्थापन

कार्यपालिका समितिले महाधिवेशनमा सहभागी अनि सक्रिय जिल्लामा प्रशिक्षण सुरु गरेको छ,साथै जिल्ला प्रशिक्षणमा आवश्यक सम्पूर्ण स्रोतसाधन  र जिल्ला/जिल्ला सम्पर्क गर्ने काम चुस्त रुपमा अघि बढदैछ । प्रशिक्षण फाल्गुण १५ गते देखि पुर्वमा  झापा जिल्ला बाट सुरु भइ मोरंग,बारा,मकवानपुर,चितवन,नवलपरासी,रुपन्देही हुदै सुदुरपश्चिमको कन्चनपुर (महेन्द्रनगर)मा फाल्गुण २० गते समापन हुनेछ ।

८)एक वर्षे मार्गचित्र तयार

विवेकशील नेपालीले पहिलो वर्ष २०१६ को मार्गचित्र तयार गरी मार्ग चित्रमा काम अघि बढाएको छ।

 

९ ) २०१६ मार्ग चित्रका र कार्यालय संचालन  निमित अर्थ संकलन अभियान

     २०१६ मार्ग चित्र पुरा गर्न चाहिने अर्थ, विभिन्न चरण र  विभिन्न विधा गरि राष्ट्रिय/ अन्तराष्ट्रिय इकाई/सहयोगी  बाट संकलन कार्य सुरु गरियो ।

 

१० )साक्षात्कार कार्यक्रम (प्रेस मीट)

विवेकशील नेपालीलाई मिडिया अनि नागरिक बुद्धिजीवी माझ फेरी चिनाउन हामीले चैत  महिनाको पहिलो हप्ता साक्षात्कार कार्यक्रम तय गरका छौ ।यस कार्यक्रममा कार्यपालिका समितिले  स्रोत ,अर्थ , संचार , सामग्री आदिको ब्यवस्थापनको जिम्मा लिएको छ ।

 

११ ) जिल्ला र अन्तर्राष्ट्रिय इकाई आधिकारिकता र  स्वीकृति  

       जिल्ला स्वीकृति र जिल्लालाई चाहिने सम्पूर्ण सामग्रीको व्यवस्थापन गरियो र २ जिल्ला र १ अन्तर्राष्ट्रिय इकाईलाई स्वीकृति साथै सामग्री चलानी र अन्य जिल्लालाई पनि स्वीकृति पठाउने  तयार गरिदै छ ।

 

१२ ) कार्यालय संचालन संरचना ( EXECUTIVE OEPRATIONAL STRUCTURE ) तयार

      कार्यालयलाई चुस्त रुपमा चलाउन र २०१६ मार्गचित्र साकार पार्न आन्तरिक कार्यालय संचालन संरचना तयार पारेको छ ,जुन अनुरूप कर्मचारी थपघट ,कर्मचारी को काम कर्तब्य , सक्रिय सदस्य परिचालन , विभिन्न क्लब गठन साथसाथै केन्द्रीय नेतृत्व लाई एक नेतृत्व एक परियोजना अभियान संचालन गर्न लाग्दैछ ।

 

१३) वेबसाइट (Website) संरचना सुधार

      website मा भएका त्रुटीलाई सच्याउने  र website लाई अझ आकर्षक बनाउने काममा कार्यपालिका निरन्तर    लागि रहेको छ ।जस अन्तर्गत website लाई नया स्वरुप प्रदान  गरिसकिएको छ,यस कार्यलाई सफल पार्न समय र स्रोत दिएर मुख्य भूमिका खेल्नु हुने श्री संजय रिमाल जी (विवेकशील नेपाली अन्तर्राष्ट्रिय संयोजक,अमेरिका) र श्री अनुप तिमिल्सिना जी (विवेकशील नेपाली,अस्ट्रेलिया)  विशेष धन्यवादका पात्र हुनुहुन्छ !

 

१४ ) ग्रामिण भेगका बिधार्थीलाई सोलार बत्ति वितरण अभियान

      ग्रामिण क्षेत्रका एस.एल.सी दिने तयारीमा रहेका विद्याथी लाई लक्षित गर्दै ओखलढुंगामा विवेकशील नेपालीले सोलार बत्ति वितरण अभियान संचालन गर्दैछ ।

 

१५) एक नेतृत्व एक राष्ट्र संचार अभियान
    विवेकशील नेपाली दलको हरेक अन्तर्राष्ट्रिय इकाईका सल्लाह -सुझाव , सरसहयोगका निमिक्त  हरेक १ केन्द्रीय सदस्य १ अन्तर्राष्ट्रिय इकाईसंग सम्वन्ध  विस्तारका निमिक्त तत्पर छ र यसलाई निरन्तरता दिदै अझ व्यवस्थित गर्दै जाने छौ

 

१६) नाकाबन्दीको बेला मेडीकेसन अभियान

नाकाबन्दीले  देशमा चरम औषधि अभाव भएको बेला विवेकशील नेपाली दलले १ महिने मेडीकेसन सहयोगी कक्ष राखी सयौ पिडितलाई अभाब औषधि खोजि सहयोग गरेको थियो यो अभियानलाई सफल पार्नु हुने रागव  पोख्रेल , मिना श्रेष्ठ ,  समिक्क्षा क्षत्री , राजन अधिकारी , अंकित राज तिमल्सिना  लगायत सम्पूर्ण  सहयोगी स्वयंसेवक साथीहरुलाई धन्यबादका पत्र हुनुहुन्छ ।

 

१७) विवेकशील नेपाली सामाजिक संजाल व्यवस्थापन

कार्यपालिका समितिले विवेकशील नेपाली दल मातहत खुलेका सामाजिक संजालहरुको प्रभावशाली कामको लागि नियमित जाँच गर्ने थालनी गरेको छ।

 

कार्यपालिका समितिले  तिन महिनामा माथि उल्लेखित कामहरु गरेको छ। आगामी दिनमा  पनि विवेकशील नेपालीको कार्यपालिका समितिले विवेकशील नेपालीको हितमा अझ प्रभावकारी कामहरु गर्दै जानेछ। साथै, कार्यपालिका समितिलाई साथ, सहयोग गर्नुहुने व्यवस्थापिका समिति तथा  न्यायपालिका समितिका  सदस्यहरु साथै सम्पूर्ण Operation Team ( अन्तर्रराष्ट्रिय सम्बन्ध  विस्तारमा श्री अनुषा थापा , लेखा बिभागमा श्री बिनय अधिकारी , अर्थ ब्यबस्थापनमा श्री शरण कार्की , कार्यपालिका कक्ष अधिकारी श्री शशीकला खड्का, अध्यक्ष कक्ष अधिकारी बिबिता कोइराला  र संचार बिभागमा श्री  सामीन पौडेल र श्री बिना सुवेदी  ) साथै  विभिन्न अभियानमा लाग्नुहुने सम्पूर्ण  स्वयंसेवक  साथीहरुलाई समेत धन्यवाद दिन चाहन्छौँ।

 

प्रमुख  :  पुकार बम

सदस्य : अविरल कार्की

सदस्य : पवन गौतम

सदस्य : रन्जु न्यौपाने (रन्जु दर्शना)

सदस्य : सुपेन्द्र ताम्राकार

 

केन्द्रीय कार्यपालिका समिति

विवेकशील नेपाली दल

 

Start typing and press Enter to search