हाम्रो मुल्य मान्यता

यी  मुल्य मान्यता   हेरक ‘विवेकशील नेपाली’ सदष्यले आत्मसात गरेरै विवेकशील नेपाली सँधै नमुना बनिराख्छ ! 🙂
Here are our ‘BibekSheel’ values we expect each member to follow that will drive the organizational culture, guide our thoughts and actions

क) निष्ठा: व्यक्तिगत स्वार्थलाई मात्र प्रोत्साहन गर्ने अनि सामुहिक हित र सेवालाई तिरस्कार मात्र होइन निमोठ्नै खोज्ने अाजको नेपाली समाजलाई तुरुन्तै रुपान्तरण गर्नु जरुरी छ। यसो गर्न देशमा नागरिकहरु निष्ठावान बन्नु अपरिहार्य छ। कुनै पनि निष्ठावान नागरिक आफ्नो काम-कार्यप्रति पनि पूर्ण इमान्दार रहन्छ र नैतिकतामा अडिग रहि सत्यको पक्षमा निरन्तर पहल गरि रहन्छ। निष्ठावान नागरिक नै भ्रष्ट समाज सफा गर्ने माध्यम हुन्।

ख) पारदर्शिता: भ्रष्टाचारले नेपाली समाजमा नेतृत्व देखि अाम नागरिक सम्म क्यान्सर जसरी फैलिएको अवस्था छ। यस्तो सामाजिक क्यान्सर बिरुद्ध सबैभन्दा बलियो अस्त्र भनेकै हर एकमा पारदर्शिताको संस्कार स्थापित गर्नु पर्छ। अाफु पनि पारदर्शी हुने र अरुबाट पनि यहि अपेक्षा गर्ने सु-संस्कार नागरिकहरुमा बिकास गराउन सके समाजमा भ्रष्टाचारले जरो गाड्न गाह्रो हुन्छ। साथै भ्रष्टाचारकै कारक तत्वहरु टाढै बाट छर्लङ्ग देखिन थाल्छ। विवेकशील नागरिकहरु अाफ्ना कार्यहरुमा पारदर्शी रहन्छन्।

ग) उत्कृष्टता: अाफु पनि उत्कृष्ट बन्न कम्मर कस्ने अनि अरुको उत्कृष्टतालाई पनि उचित कदर गर्ने नागरिकले नै नेपालमा अात्मसम्मान, सहिष्णुता र समृद्धि भित्र्याउछँ। अहिले हरेक नेपाली भित्र नङ्ग्रो गाडेको नातावाद, कृपावाद, जातिय अहंकारवादका कुसंस्कारलाई उखेल्न “कर्म”लाई संस्थागत गराउनु जरुरी छ जसले गर्दा नेपाली समाज उत्कृष्टता, नविनता र श्रृजनशीलताको भरमा अडिग रहन्छ न कि वंश, नाता वा कृपावादमा।

घ) साहस: साहस बिना जति बुद्धिजीवी व्यक्तिले पनि अाफ्नो ज्ञानको सदुपयोग गर्न अाँट्दैन। अहिले नेपालमा यति धेरै अन्याय र अत्याचार देख्दा र खेप्दा पनि हामी प्राय चुपै छौँ। भएका विवेक पनि प्रयोग गर्ने साहस नहुदाँ पनि समाजमा भरिपूर्ण व्यक्तिगत रुपमा उत्कृष्ट नेपालीहरु सामुहिक रुपमा  सफल हुन सकेका छैनन्। सत्य स्थापित गर्न साहस नगर्नेहरु विवेकशील हुन् सक्दैनन् ।

ङ) समानुभूति: नेपालमा विविध उमेर, समुदाय, वर्ग, पेशा, लिङ्ग, भूगोल वा सोचका मिश्रणका भरमा नेपालीहरुले विविध पहिचान बनाएका छन्। यस्तो विविध सोच, विचार र धारणाले भरिएको नेपाली समाजमा एक-अर्काका सोच, विचार र व्यथालाई “समान” अनुभूति गर्न सक्ने समावेशी संस्कार हामीले बिकास गरे मात्र यो देश हाम्रै कालमा शान्त अनि समृद्ध देश बन्न सक्दछ। विविधताले भरिएको नेपालमा एक-अर्का प्रति समानुभूति बोक्न सक्ने ‘विवेकशील’ नागरिकले नै समाजलाई एक जुट राखी राख्न सक्छ।

च) विनम्रता: मै मात्र सक्छु, मैले मात्र जानेको छु, मेरै गोरुको बार्है टक्का जस्तो अहंले ग्रस्त नेपाली समाजलाई तह लगाउन यहाँ विनम्र नागरिक अगुवाहरुको अत्यन्त खाँचो छ। अाफु बारे कमै सोची अरुको बारेमा बढि सोच्ने, अाफु एक्लैले मात्र सकिन्न, अरु पनि चाहिन्छ भन्ने बिनम्रता जब अाम नेपाली भित्र ल्याउन सके मात्र अहिलेको स्वार्थीपनाले जरो गाडेको समाज क्रमश परोपकारी र राष्ट्र प्रेमी बन्दै जान्छ।

‘हाम्रो मन्त्र: विवेकशीलता’
Our Mantra: 
Common Sense-Wisdom

1.0 We are the Center of Excellence.
हामी  सर्वोत्कृष्टताको केन्द्रबिन्दु हौँ ।

1.1 We under promise and over deliver.
बाचा कम – काम बढि, यो हो हाम्रो कार्यशैली ।

1.2 We are marathon runners, not 100 meter dashers.
छोटो होईन लामो दुरी दौडिने खालका हौँ हामी ।

1.3 We hire the best. We train our members to become the best.
राम्रालाई नै स्थान दिन्छौँ र सदस्यहरुलाई सर्बोत्कृष्ट बन्न सिकाउँर्छौँ ।

 1.4 We challenge the status quo.
यथास्थितिलाई चुनौती दिइरहन्छौँ हामी।

1.5 We implement world class policies & best practices in context with Nepal.
नेपाली माटो सुहाउने गरि विश्वस्तरीय नीति अनि उत्कृष्ट अभ्यासलाई हामी लागु गर्छौं  ।

2 We work with highest Integrity.
पूर्ण ईमान्दारीका साथ हामी काम गर्छौँ।

2.1 We are transparent in our actions.
प्रत्येक कामकार्यवाहीमा हामी पूर्ण पारदर्शी हुन्छौँ ।

2.2 We always do the right thing, no matter what damage it may cause to us in the short-term
अल्पकालिनमा जस्तै पनि क्षति भोग्नु परे पनि सही कुरा नै गर्नेछौँ ।

2.3 We are straight shooters and demand integrity in principle and practice.
आलटाल नगरि समस्याको सिधा समाधान तिर हामी लाग्छौँ अनि अरुबाट पनि सिदान्त र  कार्यन्वन दुबैमा ईमान्दारी खोज्छौँ।

2.4 Well being of citizens first, those who directly engage with citizens second, and management last.
पहिलो प्राथमिकता नागरिकहरूको भलाई, अनि नागरिकसँग प्रत्यक्ष काम गर्नेको भलाई, अन्तिममा मात्र व्यवस्थापकको भलाई रहनेछ ।

2.5 Our work will always unite, never divide.
हाम्रो कामले फुटाउनु को सट्टा जहिले एक जुट बनाउँछ।

3 We are always responsible & accountable in our actions:
आफ्नो कामकार्यवाहीप्रति हामी सदैव जिम्मेवार तथा जवाफदेही रहनेछौँ ।

3.1 Our actions will teach citizens to be responsible and leadership accountable.
हाम्रा कार्यले नागरिकलाई जिम्मेबार र नेतृत्वलाई जवाफदेही बन्न सिकाउँछ।

3.2 Each member is individually responsible for his/her actions.
प्रत्येक सदस्य आफ्नो कार्य प्रति पूर्ण जिम्मेवार रहनेछन् ।

3.3 We will always move forward even if it means taking high risks
कडा जोखिमका बाबजुद, हामी आफ्नो लक्ष्य तर्फ निरन्तर अघि बढि रहनेछौँ ।

4 We listen & we learn (always)
हामी सुन्छौँ र  हामी सिक्छौं (सधैँ)।

4.1 We embrace good ideas from all sources.
राम्रो विचार जसको भएपनि हामी अँगाल्नेछौँ ।

4.2 We embrace diversity in perspective, viewpoint, thinking and actions.
फरक सोच, दृष्टिकोण, विचार र कार्य शैलीप्रतिको विविधतालाई हामी आत्मसात गर्छौँ ।

4.3 We listen to people, even if they hold views diverging from our own.
हामी फरक धारणा राख्नेहरुका विचार पनि सुन्छौँ ।

4.4 We value advice (& push-back), but recognize the power of quick decisions over prolonged consensus-building.
सर-सल्लाह र राय लिनुपर्ने समयको हामी कदर गर्छौ  तर सर्वसहमतिको खोजीमा हुने ढिलाई भन्दा शिघ्र निर्णयबाट प्राप्त लाभप्रति सजग छौँ ।

4.5 We are adaptive, flexible and respond to what we hear
समय अनुकुल हामी परिवर्तनशील हुँदै जान्छौँ र प्राप्त जानकारीलाई समय र परिस्थिति अनुकूल जवाफ दिन्छौँ ।

4.6 We confront our mistakes sooner than later.
आफुबाट हुने गल्तीलाई ढिलो होइन चाँडो सुधार्नेछौँ ।

5 We love our members!
आफ्ना सदस्यहरुलाई हामी माया गर्छौ !

5.1 Everyone who works here is an owner.
यहाँ काम गर्ने सबै जना यस संगठनमा स्वामित्व रहनेछ ।

5.2 We help our members succeed in their entrepreneurial and social ventures.
प्रत्यक सदस्यलाई उद्यमशीलता र सामाजिक प्रयासहरुमा सफल हुन हामी सघाँउछौ ।

5.3 We will succeed together.
हामी सँगै मिलेरै सफल हुन्छौँ ।

5.4 We don’t mind who takes the credit for our work.
कामको श्रेय जो कोहीले लिअोस् हामीलाई कुनै आपत्ति हुनेछैन ।

6 “Power eventually corrupts everyone. That is why we make sure regular changes in our leadership.”
“पद तथा शक्तिले अन्तत: सबैलाई भ्रष्ट बनाउँछ ।  तसर्थ, हामी हाम्रो संगठनभित्र नेतृत्व नियमित समयान्तरमा परिवर्तन हुने संस्कारको सुनिश्चित गर्छौँ ।”

धन्यवाद  विवेकशील मान्यताम हिँडिदिनु भएकोमा !

यसका केहि बुँधा- http://www.keepholdings.com/culture/ बाट प्रभावित भएको छ –

Start typing and press Enter to search